Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको १२९ औं शाखा ललितपुरको हात्तीवनमा

२०७८ असार २९ गते


बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा प्रदेश नं. ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ०४ स्थित हात्तीवनमा आफ्नो १२९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहिबैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाको समुद्घाटन गर्नुभएको थियोे ।

उक्त समारोहमा सञ्चालक सिता घिमीरे, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति थियो भने अन्य सञ्चालकज्यूहरुको समेत भर्चुवल उपस्थिति रहेको थियो । बैंकका सञ्चालक देवकृष्ण काफ्लेले भर्चुवल माध्मद्वारा स्वागत मन्तब्य दिनु भएको थियो । योसँगै काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन ।

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।

Ad