२०७३ भाद्र ९ गते

अमेरिकी डलर अभाव कम गर्न चार वाणिज्य बैंकले थाले यस्तो गृहकार्य

dollorअमेरिकी डलर अभाव कम गर्न चारवटा वाणिज्य बैंकहरुले गृहकार्य थालेका छन् । नबिल बैंक, नेपाल ईन्भेष्टमेण्ट बैंक, स्टान्डर्ड चार्टर बैंक नेपाल र हिमालयन बैंकले अमेरिकी डलरको अभाव कम गर्न कार्गो गरेर डलर नेपाल ल्याउन लागेका हुन् । यसका लागि डलर शाखा भएका विदेशी बैंकसँग छलफल भइरहेको बताइएको छ । 

बैंकहरुले अन्तर्रा्ष्ट्रिय व्यापारका लागि खोलिने प्रतितपत्र फरवार्ड कन्ट्राक्टको लागि अमेरिकी डलरको विदेशी बैंकमा खाता खोलेर राख्न पाउने व्यवस्था छ । विदेश जाने अधिकांश व्यक्तिले नगद डलरकै माग गर्न थालेपछि पछिल्लो समय अमेरिकी डलरको अभाव भइरहेको छ ।