Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले यूनाईटेड फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु

२०७८ असार २७ गते


बैंकिङ खबर/नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्तीप्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।
आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गर्नुभएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताउनुभयो । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भन्नुभयो ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछATM संख्या भने १८३ हुनेछ ।

निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाकाे आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तीय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप  दुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।

Ad