Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेसनल माइक्रोफाइनान्स र महिला सहयात्राले असार ३० बाट एकीकृत कारोबार गर्दै

२०७८ असार २५ गते


बैंकिङ खबर/नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि यही असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्राप्ति पश्चात यी दुई लघुवित्तले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

गत जेठ २५ गते छुट्टाछुट्टै बसेको यी दुई लघुवित्तको साधारण सभाले नेशनलले महिला सहयात्रालाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो। एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो।

एक्विजिशन पश्चात कम्पनीको रजिष्टर्ड केन्द्रिय कार्यालय नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं. ३, पुछारबजारमा रहनेछ।

एकिकृत कारोबार गर्दा दुबै कम्पनीको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले असार २९ गते महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द हुने कम्पनीले बताएको छ।

Ad