Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमले दिनुभयो राजीनामा

२०७८ असार २१ गते


बैंकिङ खबर/सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिनुभएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तुलसीराम गौतमले राजीनामा दिनुभएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ गौतमले राजीनामा दिनुभएको हो ।

सीईओ गौतम सेञ्चुरी बैंकको सीईओ पदमा २०७५ वैशाखदेखि कार्यरत हुनुहुन्थ्यो । नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका गौतमले बैंकिङ क्षेत्रमा ३ दशक बिताउनुभएको छ ।

Ad