Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिर्जना फाइनान्स सिटिजन्स बैंकमा गाभियो, असार २६ गतेबाट संयुक्त कारोबार

२०७८ असार २० गते

बैंकिङ खबर/ सिर्जना फाइनान्स सिटिजन्स बैंकमा गाभिएको छ । गाभिएसँगै सिटिजन्स बैंक इन्टरनेशनलले असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार अन्तिम स्वीकृति दिएपछि असार मसान्तअघि नै एकीकृत कारोबार गर्न लागेको हो । दुबै संस्थाले आ–आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका थिए । गत माघ २८ गते प्राप्तिका लागि दुवै संस्थाले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ ।

१० संस्थालाई मर्जरको अन्तिम स्वीकृति
नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रीय बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले यी बैंक तथा वित्तीय संस्थालाई १ महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाउनेमा २ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र ४ वटा माइक्रोफाइनान्स कम्पनी हुन् ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न, नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न, सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तले लाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन् ।

Ad