बैंकिङ खबर/नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. हाल साताैँ वर्ष पुरा गरि आठौ वर्षमा प्रवेश गरेको छ ।
संस्थाको सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालयको साथै शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम संचालन गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय रहेको धादिङस्थित निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरीमा रहेको आमाको माया छात्रवास र निलकण्ठ न.पा. ८ स्थित बाहिरा विद्यालयमा अध्ययनरत अनाथ र बहिरा विद्यार्थीहरुलाई विभिन्न शैक्षिक समग्रीहरु, लताकपडा, खेलकुद सामग्रीहरुको साथै खाद्यान्न हस्तान्तरण गरेको छ ।
त्यसै गरि सातौ वार्षिकोत्सवको उपलक्ष्यमा शाखाकार्यालय जलुकेले राप्ती गाउँपालिका वडा नं १ स्थित रहेको निलसागर बृद्धा आश्रममा विभिन्न खाधान्न समग्रीहरुको साथै अन्य सामग्रीहरु समेत हस्तानान्तरण गरेको छ ।

संस्थाले संचालनको सातौवर्षको अवधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ११४ हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा रू.७ अर्ब ७५ करोड लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट रू.२ अर्ब ५ करोड बचत परिचालन गरेको छ । संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत वित्तीय साक्षरता डिजिटलाइजेनमा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी गराउनुभएको छ ।