Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको ‘इजी बैंक’ सुविधा

२०७८ असार १७ गते

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि ‘इजी बैंक’ नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ ।

यस भ्बकथद्यबलपप्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com/ मा गइ वा सोझै  https://easybank.siddharthabank.com/ लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्नुहुनेछ ।

यस प्लाटफर्ममा सिद्घार्थ बैंकले प्रक्षेपण गरेका विभिन्नडिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुलेप्रयोग गर्न चाहनु भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नु हुनेछ । हाल ‘इजी बैंक’ प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाताखोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने तथा आफ्नो CRN नं हेर्न सक्नुहुनेछ ।

‘इजी बैंक’ सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्नसकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामाग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढी लाभदायक रहेने बैंकको विश्वास रहेको छ ।

Ad