वाग्मती डेभलपमेन्ट बैंकका सेयरधनीले १४.७४ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर र बाँकी कर भुक्तानीका लागि नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
बैंकको अहिले पाँच करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी छ । १४ प्रतिशत वोनसपछि पुँजीमा ८० लाख रुपैयाँ थपिएर ६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।
