Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

२०७८ असार १५ गते

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।

यस सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतमसीमा रु.२० हजारदेखि अधिकतमसीमा रु.५ लाखकायम गरिएको छ ।
Visa International सँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट POS Terminal,  ATM Terminal प्रणाली मार्फत विभिन्नवस्तु तथा सेवाभुक्तानीमाप्रयोग गर्न सकिनेछ ।

स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा VISA International  मा आवद्ध बैंकहरुको ATM Terminal बाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाललगायतभारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्‍याउने हुने विश्वास गरिएको छ ।

भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्षले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिनुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर ज.ब.रा.ले नयाँ विशेषता सहितको क्रेडिट कार्ड सेवाप्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

बैंकको क्रेडिट कार्ड ग्रहण गर्नुहुँदै निर्मल प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहकबन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्तगर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुका साथै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

बैंक सञ्चालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरुको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समेत सम्बोधन गर्नुहुँदै क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुलाई बैंकका का.मु. नायबप्रमुख कार्यकारी अधिकृत समता पन्तले स्वागत गर्नु भएको थियो ।

Ad