
बैंकिङ खबर/ कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ सेवाउपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले, महालक्ष्मी विकास बैंक लि. Missed Call सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनैपनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमाजानकारी तथा बैंकको बचत तथाकर्जा सम्बन्धिकुनै पनिजानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ माः Missed Call गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी(Call Back)जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बाँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।