Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक, वित्तीय संस्था पूर्ण रुपमा खुल्दै, न्यूनतम जनशक्ति राख्नुपर्ने

२०७८ असार ८ गते


बैंकिङ खबर/बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु आज(मंगलबार) देखि पूर्ण रुपमा खोल्न पाइने भएको छ । यसअघि सीमित शाखाबाट मात्रै सेवा दिँदै आएको बैंक वित्तहरुले अब भने पूर्ण रुपमा सञ्चालन गर्न पाउनेछन् ।
। तर भिडभाड भने भने गर्न पाइने छैन् ।

आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्दै उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा भनिएको छ, ‘बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बैंकिङ खबरसँग कुरा गर्दै भन्नुभयो, ‘निषेज्ञामा बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्न पाइने छ तर न्यूनतम जनशक्ति राख्नुपर्नेछ ।’

Ad