२०७३ भाद्र ७ गते

नेपाल ग्रामीण विकास बैंकले कमायो सवा २६ करोड मुनाफा

grameenनेपाल ग्रामीण विकास बैंकले गत आर्थिक वर्षमा २६ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४४ दशमलव ७५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा १८ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ करोड ५१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २३ दशमलव २३ प्रतिशतले वृद्धि गरी १ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २२ दशमलव ७४ प्रतिशतले बढाएर ६ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ८८ प्रतिशतले बढेर ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ११६ प्रतिशतले बढेर ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा ७ करोड ३८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ६ करोड ९३ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा ४ दशमलव ३१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ५ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४७ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९३ गुणा, प्रतिशेयर नेटवर्थ १०२ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ५३ प्रतिशत रहेको छ ।