
बैंकिङ खबर/नेपाल सरकार तथा कृषिविकास बैंकबीच सहायक ऋणका लागि सम्झौता भएको छ ।
नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्वै बैङ्क) बीच रणनैतिक जलवायु’’कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना “परियोजना” सञ्चालनको लागि अमेरिकी डलर एक करोड उनासी लाख सहयोग गर्ने विषयमा २०७७ साल चैत्र ६ गते ऋण सम्झौता भएकाे थियो ।
ऋणसम्झौता “मूलसम्झौता”को आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न विनियोजित अमेरिकी डलर ६० लाख बराबर नेपाली मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराउन सहमत भएअनुसार सरकार र कृषिविकास बैंकबीच सहायक ऋण सम्झौता भएको हाे ।
उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सूवेदीले हस्ताक्षर गर्नूभएको छ भने कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सम्झौतामा हस्ताक्षर गर्नुभएको ।
यस कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले बन तथावातावरण मन्त्रालयअन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्र (रेड प्ल)सँग समन्वय गरी प्रदेश नं. २ र लूम्विनी प्रदेशका वन तथा वनजन्य उद्योग व्यवसायिहरुलाई कर्जा उपलब्ध गराउने छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख विनाशर्मा र अर्थ मन्त्रालयका उपसचिवद्धय दिपक गौतम, ढाकाराम तिवारी समेतको उपस्थिति रहेको थियो ।