Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेशनल माइक्रोफाइनान्सद्वारा ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट प्रदान

२०७८ असार २ गते


बैंकिङ खबर/ नेशनलमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा आफ्ना ग्राहकहरुलाई ब्याजमा १० प्रतिशत छुट प्रदान गरेको छ ।
कोरानाभाइरस महामारीको दोस्रो भेरिएन्टको कारण संस्थामा आवद्ध १ लाख ५ हजार ग्राहक सदस्यहरुलाई हालको विपद्को अवस्थाबाट व्यवसायमा परेको असरलाई मध्यनजर गरि तत्काल राहत स्वरुपबुझाएको ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको हो ।

यस १० प्रतिशतब्याज छुटबाट संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई हालको विपदको अवस्थामा थोरै भएपनि केहि सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

Ad