June 14th, 2021

नेशनल माइक्रोफाइनान्सद्वारा धादिङ अस्पताललाई साढे २ लाख सहयोग

बैंकिङ खबर/नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङ जिल्ला अस्पताल धादिङबेसीलाई साढे २ लाख आर्थिक सहयोग गरेको छ । संस्थाले कोरोना संक्रमण रोग नियन्त्रण तथा व्यवस्थापनको लागि अति आवश्यक स्वास्थ्य समग्रीहरु व्यवस्थापनको लागि सहयोग रकम हस्तान्तरण गरेको हो ।

शनिबार धादिङ जिल्ला अस्पताल धादिङबेसीको सभाहलमा एक कार्यक्रमबीच जिल्ला अस्पताल धादिङबेसीको मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झा र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला क्षेत्रीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक रकम हस्तानान्तरण गर्नुभएको हो ।

संस्थाको संस्थागत समाजिक उतरदायित्व अन्तर्गत प्राप्त सहयोग रकमले बिरामीहरुलाई कोभिड संक्रमण उपचार व्यवस्थापनमा सहज हुनुको साथै प्राप्त भएको सहयोगलाई १०० प्रतिशत उपयोग गर्ने प्रतिवद्धता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला क्षेत्रीले गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]