June 12th, 2021

नेपाल फाईनान्सले ललितपुर फाईनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित

बैंकिङ खबर/नेपाल फाईनान्सले ललितपुर फाईनान्सलाई प्राप्ति गर्ने भएको छ ।  संस्थाको केन्द्रीय कार्यालय कमलादीमा शुक्रबार भौतिक तथा अभौतिक (भर्च्युअल) माध्यमबाट भएकाे दोश्रो विशेष साधारणसभामा  ललितपुर फाईनान्स लि. लाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित भएकाे हाे ।

साथै प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न लायतका कार्यका लागि नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

विशेष साधारण सभामा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थिती रहेको थियो ।

साधारण सभामा संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागतमन्तब्य राख्दै संयुक्त प्राप्ति समितिले सम्पादन गरेका मुख्य कार्यहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो । सभामा शेयर धनीहरुले उठाउनु भएका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान र प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले गर्नुभएको थियो । सभाको संचालन सहायकप्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमले गर्नुभएको थियो ।

उक्त सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फूकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असूलिमा उल्लेखनिय प्रगती गरेको, शाखा संजाल विस्तार गरेको, ललितपुर फाईनान्सलाई प्रप्ति गर्न सफल भएकोले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास बोकेको छ ।

हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, आइपीएसको शुरुवात गरिसकेको र डेविट कार्ड पनि आगामी असारभित्रै संचालन गरिसक्ने गरी तयारी गरिसकेको, आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको संस्थाले जनाएको छ ।

अबका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । जसको लागि संयुक्त कारोबार पश्चात् खराब कर्जा असूलीलाई Special Recovery Team को गठन गरीने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएको संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]