Banking Khabar |
Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण

admin २०७८ जेष्ठ २४ गते
सेयर:


बैंकिङ खबर/चितवन जिल्ला राप्ती नगरपालिका वडा न.१३ कान्दा बस्ती स्थित चेपाब समुदायलाई कामना सेवा विकास बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका चितवन जिल्ला स्थित शाखाका सम्पूर्ण कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउन्डेसनसंगको सहकार्यमा कान्दा वस्तीका अति न्युन आय भएका १०० घर परिवारलाइ प्रति परिवार एक बोरा चामल, दुई किलो दाल, तीन किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा राहत स्वरुप वितरण गरिएको छ ।

कान्दाका चेपाब समुदायलाई वर्षभरी खान पुग्ने अन्न उब्जा हुँदैन र उनिहरुले कतिपय समय जंगलका गिठ्ठाभ्याकुर खाएर जीविको पार्जन गर्ने गर्दछन् । बैंकको चितवन क्षेत्र प्रमुख सुरेन्द्र भन्डारी तथा अन्य कर्मचारीले उक्त राहत वितरण गरेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र समुदायलाई आर्थिक तथा विभिन्न सहयोग र राहत वितरण गर्दै आएको छ ।

ट्यागहरू: