
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षको मौद्रिक नीति पनि बैंकिंग प्रणालीको तरलता र व्याजदर स्थिरतामा केन्द्रित हुने बताउनुभएको छ ।
उहाँले सधैँ यहि अवस्थाको तरलता नरहेपनि केन्द्रीय बैंकले तरलता र ब्याजदरलाई स्थिरता दिन चाहेको बताउनुभयो ।
बजेट कार्यन्वयनको छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पनि मुख्य उद्देश्यमा वित्तीय पहुच बढाउने, वित्तीय समाबेशितालाई बढाउने, विद्युतिय भुक्तानी प्रणलीलाई प्रबद्धन गर्ने, वित्तीय प्रणलीलाई सुरक्षित बनाउने जस्ता विषयमा केन्द्रित भएर मौद्रिक नीति तयार हुने बताउनुभयो ।
ग्राहकको संरक्षण र प्रणलीप्रतिको ग्राहकको विश्वास अभिबृद्धि गर्न प्राथामिकता दिने तथा कोभिडको दोस्रो लहरले असर गरेको कारण बजेटले राखेका आर्थिक पुनरुत्थानको कार्यक्रमलाई सहयोग पुर्याउने मौद्रिक नीति तयार गरिने उहाँले बताउनुभयो ।