Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, अन्तिम सम्झौतामा हस्ताक्षर

२०७८ जेष्ठ ११ गते

बैंकिङ खबर/सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । बैंक र फाइनान्सबीच मंगलबार मर्जर तथा एक्विजिशन सम्बन्धी अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गर्नुभएको हो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ ।

सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता सेयर पाउने छन । प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

सिर्जनालाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप परिचालन १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा प्रवाह पनि १ खर्ब २१ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल शाखा संख्या १८९ हुनेछ । बैंकले प्रत्येक प्रदेशमा बलियो उपस्थिती जनाउन मर्जर  र प्राप्ति प्रक्रियालाई जोड दिंदै आएको छ । ग्राहक संख्या बढेर १२ लाख पुग्नेछ ।

Ad