
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सबै मिलेर अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा जोड दिएको छ । राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी
दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमाअर्थतन्त्रलाई थप समस्या हुन नदिन कोरोना भाइरसको संक्रमण नियन्त्रणसँगै आर्थिक गतिविधिहरुलाई चलायमान बनाइराख्नु पर्ने बताएको छ । गत बर्षको तुलनामा उद्योग व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था सन्तोषजनक रहेको बताइएको छ । अध्ययक्ष प्रतिवेदनमा भनिएको छ ‘हाल कोभिड-१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ, कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ,’
सर्बेक्षणमा सहभागिले सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी÷व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरु गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।
सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले बन्द उद्योग/व्यवसायहरु पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीहरुलाई लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । यद्यपि अभैmपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरु पुग्न सकेको देखिदैन ।