
बैकिङ खबर/नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले कोरानाको महामारीको दर बढेको भन्दै मोरङ जिल्लाका सवै बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द गर्न परिपत्र गरेको छ ।
महामारीका संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै जिल्लामा रहेका जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु आगामी जेठ ११ गतेसम्मका लागि बन्द गर्न पत्राचार गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवाबाहेक अन्य सेवा बन्द हुनेछ । मोरङ प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो ।
