राष्ट्रिय वाणिज्य बैंकले RBB Smart सेवा शुरु गरेको छ । बैंकले आफ्ना दुई लाख भन्दा बढि ग्राहकहरुकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ्ग सेवालाई संसारभरबाट प्रयोग गर्न सकिने बनाएको हो ।
यो स्मार्ट सेवा मोवाइलको एस.एम.एस. र इन्टरनेट दुवैबाट चलाउन सकिने छ । यो सेवाको प्रयोगबाट ग्राहकहरुले घरमै बसेर आफ्नो खाताको कारोबार, मौज्दात, दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको सांवा ब्याज भुक्तानी, चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी, सिकायत, बैंकको शाखा तथा एटिएम लोकेसनको जानकारी आफ्नै मोवाइलबाट लिन सक्नेछन् । एक पटक आफ्नो मोवाइल बैंकको सीस्टममा रजिस्ट्रेसन गरेपछि संसारको कुनै पनि कुनाबाट इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने हुदा ग्राहकको समय र लागत दुबै बचाउन मद्धत गर्नेछ ।
यो सेवा राष्ट्रिय वाणिज्य बैंकको १६८ वटै शाखा एवं ईलेक्ट्रोनिक बंैकिङ्ग विभागबाट वार्षिक रुपमा रु १५०।– शुल्क तिरेर लिन सकिने छ ।