May 16th, 2021

पालुङटार नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्था बन्द


बैंकिङ खबर/गोरखा पालुङटार नगरपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाका नियमित सेवा बन्द गरिएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सेवा बन्द गरिएको हो ।
नगरपालिकाले एक पत्र लेख्दै भनेको छ, ‘नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु बढी भिडभाड देखिएकाले संक्रमणको जोखिम उच्च रहने भएकाले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरी एटीएम मार्फत कोबार गराई अन्य वित्तीय संस्थाहरु(सहकारी, लघुवित्त, इन्सुरेन्स लगायत) को हकमा सबै सेवाहरु पूर्ण बन्द गर्न/गराउन सम्बन्धित सबैमा सूचित गरिएको छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]