बैंकिङ खबर । रुपन्देहीको तिलोत्तमा नगरपालीकाले कोरोना संक्रमण बढेका कारण जेष्ठ १३ गतेसम्म सबै बैंक वित्त बन्द गर्न निर्देशन दिएको छ । आफ्नो क्षेत्रमा रहेका सबै बैंक, बीमा, लघुवित्त, सहकारी सबैलाई बन्द गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अन्य स्थानीय सरकाले पनि यस्ता निर्देशनहरु जारी गर्ने सम्भावना बढेको छ । नेपाल राष्ट्र बैंकले भने बैंकवित्त बन्द गर्न नहुनेमा जोड दिँदै आएको छ । पछिल्लो समय रुपन्देहीमा पनि कोरोना संक्रमणबाट धेरैको मृत्यू भएको छ । अस्पतालहरुमा अक्सीजन अभाव छ भने सबैजसो अस्पताल कोरोनाका बिरामीले भरीएका छन् ।