Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने

२०७८ बैशाख ३० गते


बैंकिङ खबर/वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएको छ । न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो ।

बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा,रकम स्थानान्तरण,चेक,आरटिजिएस,आइपीएस,विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ । बैकर्सं संघले बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति

Ad