Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक लिमिटेड फेरि पनि ‘ए’ रेटिङमा

२०७८ बैशाख २७ गते

बैंकिङ खबर/विश्वमै ख्याति प्राप्त मुडिजको लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिजको स्टैण्डर्ड बमोजिम देशकै पहिलो बैंक – नेपाल बैक लिमिटेडलाई ‘ए’ अर्थात् ICRA NP-IR “A” स्तरको रेटिङ कायम गरिएको छ ।

रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्तक्षमता हुने, बैंकको CASA को हिस्सा ६३ प्रतिशत रहेको जुन नेपालको बैकिङ क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको concentration जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुने हुँदा बैंक प्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्घि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्ष गर्न सकिन्छ ।

बैंकद्वारा कोभिड–१९ को प्रभावद्वारा श्रृजितप्रतिकुल परिस्थितिमा समेत कर्जा तथाअन्य सम्पत्तिको गुणस्तर कायमराख्न सफल रहेको, वित्तीय दवाव (Financial Stress) लाई व्यवस्थापन गर्न कर्जा जोखिम (Credit Risk), व्यवसायिक तथा वित्तीय जोखिमहरुको विष्लेषण, व्यवस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरुको विष्लेषण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, नीति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पूँजीकोष, आम्दानीका स्रोतहरु त्थातिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र इण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा नेपाल बैंक लिमिटेड “A”  रेटिङ्गमा पर्न सफलभएको हो ।

त्यसैगरी हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत ईक्राद्वारा “A” रेटिङ्ग अर्थात् ICRA NP L A  रेटिङ्ग गरेको छ । यस प्रकारको रेटिङ्गले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्न सक्ने बैंकको क्षमतालाई प्रमाणित गर्दछ ।

देशकै प्रथम यस बैंकद्वारा हालको बिषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सर्तकता अपनाउँदै आफ्ना सबै शाखाहरुमार्फत सिमित कर्मचारीहरुलाई संलग्न गराई सिमित बैंकिङ्ग सेवाहरु संचालन गरिरहेको बैंकले जनाएको छ ।

 

 

Ad