May 9th, 2021

युनिक नेपाल लघुवित्त अन्तर्राष्ट्रिय गुणस्तरीय संस्थाको रुपमा सम्मानित

बैंकिङ खबर/बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ । स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्ण रुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका उत्कृष्ट संंस्थाहरुको सूचीमा सुचिकृत भएकोले विश्वमा नै एक गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने अव्वल वित्तीय संस्थाको रुपमा पहिचान कायम भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]