२०७३ भाद्र ३ गते

बैंक तथा बीमा कम्पनीको स्टलसहित सुरु भयो भवन निर्माणसम्बन्धी प्रदर्शनी

DSCN4195भवन तथा निर्माण सामग्रीको वृहत प्रदर्शनी शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा शुरु मेला चार दिनसम्म चल्नेछ । प्रदर्शनीमा बैैक तथा बीमा कम्पनी, जग्गा तथा हाउजिङ, फर्निचर तथा फर्निसिङ, पाइप तथा फिटिङ, स्टिल तथा छड, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री लगायताका १५० वटा स्टल राखिएका छन् । सो प्रदर्शनीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्नेबारे जानकारी दिनुका साथै भूकम्पप्रतिरोधी इँटासमेत राखिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो प्रदर्शनीको शुभारम्भ गरेका थिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले यस्ता प्रदर्शनीले पुनःनिर्माणमा निर्माण सामग्रीको अभाव हुन नदिने बताए ।