बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशत कार्यालय मात्रै खोल्न पाउने

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय मात्रै खोल्न पाउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैंठकले उक्त निर्णय गरेको हो । बैंकले केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्‍चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरिएको छ । बैंठकले बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरिएको छ । बैंठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।


सोसिअल मेडिया