April 29th, 2021

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको अंक ISIN प्रदान

बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (KSBBL Debenture, 2087) ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई { NPE068A1101 को ISIN  प्रदान गरिएको हाे ।
२०७७ माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्ने बैंकले जनाएको छ । ISIN ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गर्ने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]