बैंकिङ खबर । निषेधाज्ञा भएको ठाउँमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सबै शाखाबाट सेवा सुचारु गर्ने भएका छन् । सिमित कर्मचारीको परिचालन गरेर बैंकवित्तले आफ्ना सबै शाखा संचालन गर्ने छन् । काठमाडौं उपत्यकासहित निषेधाज्ञा जारी भएका जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा खुला हुने भएका छन् । राष्ट्र बैंक र बैंकरबीच भएको छलफलपछि बैंकहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति गरेका हुन् । केही दिन हेरेपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई आधार मानेर आवश्यक निर्णय लिइने जनाइएको छ । सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित देशभरका दर्जन जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । बैंकका सबै एटीएम सञ्चालन हुने छन् । शाखा पनि सबै खुल्ने छन्। नेपाल राष्ट्र बैंक तथा बेंकवित्तहरुले सकेसम्म डिजिटल प्रयोग गर्न सबैप्रति आग्रह गरेका छन् ।
बैंक-वित्त
बैंकवित्तका सबै शाखाबाट सेवा सुचारु, डिजिटल प्रयोग बढाउन सबैप्रति आग्रह
२०७८ बैशाख १६ गते