Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रिन डेभलपमेण्ट बैंकको सञ्चालकमा विश्व मोहन अधिकारी नियुक्त

२०७८ बैशाख १३ गते

बैंकिङ खबर/ग्रिन डेभलपमेन्ट बैंकको सञ्चालकमा विश्व मोहन अधिकारी नियुक्त हुनुभएको छ । तत्कालिन ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई बैंकको चैत्र २८ गते सम्पन्न साधारणसभाले सर्वसाधरण शेयरधनीहरुको तर्फबाट सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिकारी विगत २५ वर्ष देखि बैंकिङ क्षेत्रमै आवद्ध रहनुभएको थियो । उहाँ साविक सिटी डेभलपमेण्ट बैंक र ‌ओम डेभलपमेण्ट बैंकमा १३ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Ad