April 26th, 2021

१ अर्ब २० करोडको ‘एनआइबिएल समृद्धि फण्ड–२’ आउँदै

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सामुहिक लगानी कोष अन्तर्गत नेपालको पुँजीबजारका विभिन्न योजनाहरु सञ्चालन गर्ने भएको छ । उदेश्यमा नेपाल इन्भेष्टमेन्ट बैंक आफु कोष प्रबद्र्धकको भूमिकामा रही अन्य बैँकको सहायक कम्पनीको रुपमा रहेका एनआइबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरीमा एनआईविएल म्युचुअल फण्ड नामक सामुहिक लगानी कोष, नेपाल धितोपत्र बोर्डमा दर्ता गर दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आएको बैंकले जनाएको छ ।

एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना एनआइबिएल समृद्धि फण्ड–१को सफलतापूर्वक सञ्चालन गरेर यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ । आगामी आर्थिक वर्षमा यो योजनाको ७ बर्ष अवधि पूरा भई योजना बन्द नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उदेश्यका साथ बैँकले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो योजनाको रुपमा एनआईबिएल समृद्धि फण्ड–२ नामको बन्दमुखी सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बिस करोड रुपैँया)को हुने छ भने यस योजना १० वर्षअवधिसम्म चल्नेछ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाईमध्ये पूँजी बापत १० लाख इकाइ योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका खुल्ला गरिने छ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ ।
प्रभावकारी वार्षिक प्रतिफल (Effective Annual Return)  को रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]