Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफामा सुधार

२०७८ बैशाख १३ गते


बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो जानकारी गराएको हो। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ। खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.८९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.५० प्रतिशत घटेको छ। बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशत बढेको छ। बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेको छ भने जगेडा कोष २५.७१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप ४.२५ प्रतिशत बढेको छ भने कर्जा लगानी ११.०९ प्रतिशत बढेको छ।

Ad