
बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्युआरकोड राख्ने भएको छ । नेपाल बैंक लिमिटेड र काठमाडौं मल (श्री दिवा सपना जे.भी.)बीच उक्त मलका स्टलहरुमा क्युआर कोड संचालन गर्ने र काठमाडौं मलको परिसरमा बैंकको एटिएम संचालन गर्ने उदेश्यले काठमाडौं मल र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
साथै काठमाडौं मलका व्यावसायिहरुलाई बैंकले सहुलियत दरमा बिनाधितो कर्जा पनिउपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरि ढकालले हस्ताक्षर गर्नुभएको छ ।