Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकको खुद नाफा ५० करोड २५ लाख

२०७८ बैशाख ८ गते

बैंकिङ खबर/ सिभिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड ५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चैत मसान्तसम्ममा बैंकले ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकले खराब कर्जामा सुधार गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २.९६ प्रतिशत रहेको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.१३ प्रतिशतमा झरेको बैंकले जनाएको छ।

Ad