
बैंकिङ खबर/ सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं.६, ठुलादुर्लुङ र सप्तरीको खड्क न.पा वडा नं.११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
दुुुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ । मंगलबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क न.पा वडा नं.११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरी शनिबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरुले एटिएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।