
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात कारोबार गर्न सक्ने गरी उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले १३ प्रतिशत बोनस शेयर बापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर चैत ३१ गते नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित हितग्राही खातामै शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएकाको हकमा पनि क्रमश: जम्मा गरिँदै जाने भएकाले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ ।