Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

२०७८ बैशाख ३ गते

बैंकिङ खबर/सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । करार अवधि झण्डै तीन महिना बाँकी छँदा उनले राजीनामा दिएका हुन् । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।

सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो । विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उनी पहिलो नेपाली बैंकर हुन् ।
गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनी २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत छन् ।

Ad