Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बैशाख १५ भित्रै मर्जर

२०७८ बैशाख ३ गते


बैंकिङ खबर/नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बैशाख १५ भित्रै मर्जर हुने भएको छ । दुई बैंकबीच औपचारिकरुपमै मर्जरमा जाने सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।

बिहीबार बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गरेसँगै दुई बैंकबीचको मर्जर प्रक्रियाले गति लिएको हो । अध्यक्ष तुलसीराम गौतम झन्डै एक महिना बिरामी भएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको थिएन ।
इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले चैत पहिलो साता नै डीडीए रिपोर्ट अनुमोदन गरेको थियो ।

दुबै बैंकका उच्च अधिकारीहरुले छिट्टै एमओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको जनाइएको छ ।

Ad