Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

संकुचनउन्मुख बैंकिङ तरलताले अकासियो अन्तरबैंक ब्याजदर

२०७८ बैशाख २ गते

बैंकिङ खबर/  बैंकिङ तरलता (लगानीयोग्य रकम) संकुचनउन्मुख बनेसँगै अन्तरबैंक कारोबारको ब्याजदर एक्कासि बढेको छ । चैत मसान्तमा आइपुग्दा अन्तरबैंक कारोबारको ब्याजदर ४.५९ प्रतिशत पुगेको छ, जुन उच्च मानिन्छ । दुई साताअघि मात्र यस्तो ब्याजदर करिब आधा प्रतिशतको हाराहारीमा मात्र थियो । १६ चैतमा जम्मा ०.५९ प्रतिशत ब्याजदरमा अन्तरबैंक कारोबार भएको थियो ।

बैंकहरुले कर्जाप्रवाहमा आक्रामक नीति अपनाउँदा तर त्यसअनुपातमा निक्षेप संकलन हुन नसक्दा यस्तो अवस्था आएको हो । बैंकहरुले कर्जाप्रवाहमा गुणात्मक लगानीभन्दा पनि परिमाणात्मक लगानी विस्तारलाई प्रतिस्पर्धाको विषय बनाएको संकेत गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद सेवाको गुणस्तरमा सम्झौता नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन दिइसक्नुभएको छ । कोभिडको प्रभाव न्यूनीकरणलगत्तै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गरिरहेका छन् । यसक्रममा लगानीको क्षेत्र र सीमाअनुरुप गुणस्तरमा सम्झौता नगरी लगानी गर्नुपर्ने गभर्नर अधिकारीको निर्देशन थियो ।

गभर्नर अधिकारीसितको छलफलमा बैंकरहरुले तरलता संकुचनउन्मुख भएकाले सिडिसी रेसियो बढाउन आग्रह गरेका थिए । १६ चैतमा ५६ अर्ब रहेको तरलता चैत मसान्तमा आइपुग्दा ३१ अर्बमा सीमित भएपछि बैंकरहरुले सम्भावित तरलता अभावको आकलन गर्दै नियामक निकायसमक्ष यस्तो आग्रह गरेका हुन् । तरलता संकुचन हुन नदिन बैंकहरुले आकर्षक ब्याजदर अफर गरेर निक्षेप बढाउनुपर्ने विशेषज्ञहरुको सुझाब छ ।

Ad