२०७३ श्रावण ३२ गते

सिभिल बैंकमा खाता खोल्दा अब नयाँ पत्रिका सित्तैमा

civil bankसिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँखाता योजना”ल्याएको छ । जस अन्तर्गत भाद्र १ गते देखि खोलिने हरेक खातामा नयाँ पत्रिकाको त्रैमासिक सदस्यता सित्तैमा प्रदान गरिने भएको छ । यो योजना सिमित अवधीको लागी बैंकका देशभर छरिएका ४२ वटै शाखामार्फत प्रदान गरिने छ । देशमा बित्तीय साक्षरता अभिबृद्घी गर्नको लागी यस योजनाले उत्प्रेरित गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।