April 13th, 2021

एन आई सी एशिया बैंककाे डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

बैंकिङ खबर/ नयाँ वर्ष २०७८ का अवसरमा एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ।

यस आकर्षक योजनाअन्तर्गत सस्तोडिल, ग्यापुमार्केटप्लेस र स्टोपग्रेबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले इ–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू‍‍‍.१५०० सम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई इ–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू‍.१५०० सम्म छुटको योजना समेत ल्याएको छ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त इ–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको ‘आईसर्भ’ मार्फत समयमै आफ्नो कार्डमा इ–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]