२०७३ श्रावण ३२ गते

सिद्धार्थ बैंकको ग्राहकहरुलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट

SBL photoसिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसंग सम्झौता गरेको छ । सिद्धार्थ बैकका पेमेन्ट सेलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेश राज महर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मार्केटिङ्ग तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतिक तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालले प्रदान गर्ने शैया, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन् । यो छुट वहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा भने पाइने छैन । सिद्धार्थ बैंकका ग्राहकहरुले सेवा उपभोग गरि सिद्धार्थ बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा यो विशेष छुट पाउनेछन् ।