विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १ सय ७५ दशमलव ६४ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
एक वर्षको अवधिमा कम्पनीले निक्षेपमा २ सय ४ दशमलव १० प्रतिशतले वृद्धि गरी ५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ७८ प्रतिशतले बढाएर ४३ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी ५८ दशमलव ०६ प्रतिशतले बढेर ४ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ सय १८ दशमलव १८ प्रतिशतले वृद्धि गरी २ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रोभिजनमा ३३ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको निष्कृय कर्जातर्फ शुन्य दशमलव ८३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पति ३६ दशमलव ५० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १७ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ०२ दशमलव १० गुणा, प्रतिशेयर नेटवर्थ १ सय २६ दशमलव ६० रुपैयाँ र तरलता अनुपात ४१ प्रतिशत रहेको छ ।