Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओखलदुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

२०७७ चैत्र २९ गते

बैंकिङ खबर/ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुगां शाखाले क्युआर कोड वितरण सुरु गरेको हो ।

नगदहित(क्यासलेस) कारोबार अभिवृद्धी गरी जनजिविका सरल बनाउन र नगद कारोबारमा निहित जोखिमन्यूनिकरण गर्न क्युआर कोड विस्तारमा जोड दिइएको शाखाका शाखा प्रबन्धक सरोज कटुवालले जानकारी दिनभयो ।

विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्‍याएको नेपाल बैंक लिमिटेडले जनाएकाे छ ।

Ad