काबेली विकास बैंकले गत आर्थिक वर्षमा २ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले एक वर्षको अवधिमा नाफा ४३ दशमलव ७९ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
सो अवधिमा बैंकले निक्षेपमा २० दशमलव ७३ प्रतिशतले बढाएर ६३ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ३७ दशमलव ५ प्रतिशतले बढाएर ५५ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ३० दशमलव ८० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ दशमलव ६० प्रतिशतले बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । एक वर्षमा २८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको बैंकले प्रोभिजनमा ३९ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव ४८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३३ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव १८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५६ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३३ प्रतिशत रहेको छ ।