August 16th, 2016

युनाइटेड फाइनान्सले कमायो १३ करोड ८७ लाख मुनाफा

united financeयुनाइटेड फाइनान्स कम्पनीले गत आर्थिक वर्षमा १३ करोड ८७ लाख रुपैंया खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५२ दशमलव ५६ प्रतिशत अर्थात् ४ करोड ७८ लाख २० हजार रुपैंयाले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ करोड ९ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

४६ करोड ३९ लाख ९५ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले अहिले शेयरधनीलाई २५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । जसपश्चात फाइनान्सको चुक्ता पूँजी ५८ करोड रुपैंया पुग्ने छ । कम्पनीले जगेडा कोषमा १८ करोड ८८ लाख ३६ हजार रुपैंयाबाट बढाएर गत आर्थिक वर्षमा बढेर २६ करोड ३५ लाख ५७ हजार रुपैंया राखेको छ । गत आर्थिक वर्षमा ४ अर्ब ५४ करोड १८ लाख ५७ हजार रुपैंया निक्षेप संकलन गरी ३ अर्ब ९६ करोड ७७ लाख ८५ हजार रुपैंया कर्जा प्रवाह गरेको छ । १ करोड १६ लाख २१ हजार रुपैंया राइट व्याक गरेको फाइनान्सको निष्कृय कर्जा अनुपात अघिल्लो अर्थिक वर्षमा शुन्य दशमलव ५३ प्रतिशतबाट घटाएर शुन्य दशमलव ४३ प्रतिशतमा झारेको छ ।

फाइनान्सको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षमा ११ करोड ९६ लाख ३८ हजार रुपैंया रहेकोमा गत आर्थिक वर्षमा १५ करोड ७५ लाख ९२ हजार रुपैंया पुगेको छ । नियमित कृयाकलापबाट हुने आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलानमा बढाएर फाइनान्सले २२ करोड १ लाख ५५ हजार रुपैंया पुर्याएको छ । 
पूँजी कोष अनुपात १५ दशमलव ५२ प्रतिशत रहेको फाइनान्सको प्रतिशेयर आम्दानी २९ रुपैंया ९१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैंया ८१ पैसा र तरलता अनुपात २१ दशमलव ७ प्रतिशत प्रतिशत रहेको छ ।