कुमारी बैंकले मनायो २०औँ वार्षिकोत्सव, देशभर सामाजिक कार्यक्रम

बैंकिङ खबर/  कुमारी बैंक लिमिटेडले स्थापनाको २०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आफ्ना शाखाहरूमार्फत देशव्यापी सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश २ का १५ वटै शाखाबाट मन्दिर तथा स्थानीयपरिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरू आयोजना गरेको छ । यसअन्तर्गत २१ चैतमा बैंकको हरिवन शाखाले चतुर्भुजेश्वर महादेव मन्दिर सरसफाइ गरेकोे थियो । त्यस्तै, राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिरपरिसरमा सरसफाइ तथा डस्टबिन, मास्क र सेनिटाइजर वितरण गरेकोे छ। वातावरणप्रतिको जिम्मेवारी वहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसात् गर्दै यस्ता कार्यक्रम सञ्चालन गरेकोे बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश २ का १५ वटै शाखाले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न गरेको जानकारी बैंकले दिएको छ ।

कुमारी बैंकले देशभरका कुल १ सय ९२ शाखासञ्जाल, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएकोे छ । आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।


सोसिअल मेडिया